पाकिस्तानलाई हराउँदै भारत साफ यु-१९ च्याम्पियन

काठमाडौं । भारतले साफ यु-१९ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३-० ले पराजित गर्दै भारतले तेस्रोपटक उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको  पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा तीन गोल गर्दै भारत च्याम्पियन भएको हो ।

यसअघि भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो । यो उपाधिसँगै लगातार तेस्रो पटक च्याम्पियन बन्दै भारतले उपाधिमा ह्याट्रिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *