मुलुक आर्थिक संकटमा गएको भन्दै एकीकृत समाजवादीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले देश आर्थिक संकटमा गएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । शनिबार बिहान चीन भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा  भेटेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ध्यानाकर्षणपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा देश आर्थिक संकटमा परेको, वित्तीय संकट चुलिएको र युवा पलायन भएको भन्दै चिन्ता प्रकट गरिएको छ । साथै यी समस्या समाधान गरी आमजनतालाई आस्वस्त बनाउने काम सरकारको भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आर्थिक संकट, बेरोजगारी, महँगी जस्ता समस्याले चरम निराशा छाएको समेत एकीकृत समाजवादीको निष्कर्ष छ ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुनसक्छ । त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *