एमाले कोशी प्रदेशको अध्यक्षका लागि खतिवडा र ढकालको उम्मेदवारी

विराटनगर । नेकपा एमालेको कोशी प्रदेशको अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार अपराह्न साढे ४ बजेसम्मका लागि मनोनयन दर्ताको समय छुट्याइएको थियो ।

एमाले कोशी प्रदेश अधिवेशनले नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मको समय छुट्याइएको छ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २ सय १५ सदस्यीय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *