अन्तरिक्ष प्रविधिमा चीनलाई पछाडि पार्ने अमेरिकी योजना

अमेरिकी अन्तरिक्ष निकाय (नासा) का प्रमुखले संयुक्त राज्य अमेरिका चन्द्रमा फेरि पुग्ने अभियानमा चीनसँग प्रतिस्पर्धामा रहेको बताएका छन् । बीबीसीसँगको अन्तरवार्तामा उनले आफूले आफूहरुले पहिला पुगेको सुनिश्चित गर्न चाहेको बताएका हुन् ।

उनको प्रतिक्रियाले सन् १९६० र सन् १९७० को दशक सम्झाएको छ– जुनबेला नासा सोभियत सङ्घसँग अन्तरिक्षमा प्रतिस्पर्धा गरिरहेको थियो । तर आधा शताब्दीपछि नासाले अधिकांश कामहरू गर्नका लागि निजी क्षेत्रका कम्पनीहरूलाई खटाएको छ ।

बिल नेल्सनले तिनीहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै त्यसले उच्च लागतमा साझेदारी गर्न र नासालाई ‘निजी क्षेत्रका उद्यमीहरूको रचनात्मकताबाट’ लाभ लिन सघाउने बताए ।

नेल्सनले इलोन मस्कको स्पेस एक्सलाई चन्द्रमा मिशनमा प्रयोग हुने ल्यान्डर निर्माणका लागि सन् २०२१ मा ३ अर्ब बराबरको ठेक्का दिइएको उल्लेख गर्दै उक्त कम्पनीले हालसम्मकै सर्वाधिक शक्तिशाली रकेटको विकास गरेको पनि उल्लेख गरे ।

अन्तरिक्ष मिशनमा देखा परिरहेको प्रतिस्पर्धाबाट अन्य निजी फर्महरूलाई पनि फाइदा भइरहेको छ । यसै वर्षको सुरुमा नासाले जेफ बेजोसको ब्लू ओरिजिनसँग तत्कालको नभई भावी चन्द्र मिसनहरूको अवतरणका लागि ल्यान्डर निर्माण गरिदिन ३.४ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो ।

अर्बौँ डलरको सरकारी लगानीबाट लाभ पाएका यी दुई कम्पनी मात्रै हुन् । यो रकम विश्वका सबैभन्दा दुई ठूला अर्थतन्त्रबीचको बृहत् तनावमाझ कम्तीमा चीनभन्दा अघि अन्तरिक्ष प्रतिस्पर्धा आफूलाई उभ्याउन खर्च भइरहेको छ ।

गएको अगस्टको अन्त्यमा भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गराउन सफल चौथो देश बनेको थियो। चन्द्रमाको दक्षिणी ध्रुवमा मानव रहित अन्तरीक्षयानलाई अवतरण गराउने पहिलो देश भारत बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *