एसियाडमा महिला भलिबल टोली सोझो सेटमा पराजीत

काठमाडौं । एसियाली खेलकुद अन्तर्गत भएको महिला भलिबलमा नेपाल पराजीत भएको छ । शनिबार दिउँसो भएको खेलमा नेपाल भियतनामसँग ३–० को सोझो सेटमा पराजित भएको हो  ।

भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो ।

अब सोमबार हुने दोस्रो खेलमा नेपालले दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *