पूर्वराजा शाहले दिए विश्व कीर्तिमान राख्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको हाङझाउमा भएको १९ औं खेलकुदमा नेपाली क्रिकेट टोलीले राखेको कीर्तिमानबाट आफूलाई अत्यन्तै खुसी तुल्याएको बताएका छन् । संवाद सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा विभिन्न प्रतिकुलताकाबीच नेपाली खेलाडीे प्रदर्शनबाट नेपालको गौरव बढाएको उल्लेख छ ।

उनले विश्व कीर्तिमानहरु राख्न सफल भएकोमा सबै खेलाडी र नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । चीनमा जारी एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले मंगोलियामाथि २७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो । यो टी–२० इतिहासकै सबैभन्दा फराकिलो जित हो ।

यसअघि चेकरिपब्लिकले टर्कीविरुद्ध २५७ रनको जित हात पारेर कीर्तिमान बनाएको थियो । हाङ्जाउस्थित झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा अलआउट भएको थियो । नेपालका सन्दीप लामिछाने, करन केसी र अविनाश बोहराले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीले १–१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *