वीरेन्द्रनगरस्थित उषा बोर्डिङ स्कुलमा बालक मृत फेला परेपछि आफन्तद्वारा तोडफोड र आगजनी

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन्। कक्षा २ मा अध्यनरत ८ वर्षका सलाम पुलामीमगर दुई तलाभएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन् ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ स्थायी घर भएका बालक पुलामी मगर शंकास्पद रुपमा बेडमै झुण्डिएको अवस्थामा शुक्रबार साँझ फेला परेका भन्दै शव आफन्तहरुले उठाउन दिएका छैनन्।

त्यसकै कारण हालसम्म पोष्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ। उषा बालबाटिकामा पढाउनका लागि होस्टेलमा राखेको बालकलाई कसैले मारेर बेडमा झुण्ड्याएको भन्दै आफन्तले विद्यालयमा आगजानी गरेका छन्।

विद्यालयमा रहेका फर्निचरहरु जम्मा पारेर विद्यालयभित्र आगलागी गरेपछि नियन्त्रणका लागि दमकलसहित डिएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख योगेन्द्रसिंह थापाले बताए ।

घटनास्थलमा अहिले प्रहरी तैनाथ गरिएको छ। आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *