रोनाल्डो चम्किदा अल नासरको लगातार छैटौं जीत

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो चम्केपछि साउदी प्रो लिगमा अल नासरले लगातार छैटौं जीत निकालेको छ । शुक्रबार राति भएको खेल अल टाईलाई २-१ गोलले हराउँदै अल नासर लिगको शीर्ष चारमा उक्लिको हो ।

अल नासरलाई जीत दिलाउन एन्डर्सन टालिस्का र क्रिस्टियानो रोनाल्डोले समान एक-एक गोल गरे । अल टाईको लागि भ्रिजिल मिसिडजानले एक गोल फर्काए । खेलको ३२ औं मिनेटमा रोनाल्डोको पासमा टालिस्काले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

७९ औं मिनेटमा अल हारथीको पासमा भिर्जिलले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । तर ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई जीत दिलाएका हुन् ।

जीतसँगै अल नासर ८ खेलबाट १८ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक जोडेको अल टाई १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *