पब्जीमापनि नेपालको पदक जित्ने आशा समाप्त

काठमाडौं । १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत इस्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धामा पदक जित्ने नेपालको आशा समाप्त भएको छ ।

चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा शनिबार बिहान भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि नेपालको पदक सम्भावना सकिएको हो ।

सेमिफाइनलमा नेपाका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले प्रतिस्पर्धा गरेका थिए । नेपाल शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

अब नेपालले इस्पोर्ट्समा डोटा स्पर्धामा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । डोटामा नेपालले शनिबार नै किर्गिस्तानसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *