एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

६९६ मत प्राप्त गरी ढुंगेल निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरेका छन् । रामेछापका ढुंगेल यसअघि २०७४ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेशका अर्थमन्त्रीसमेत भएका थिए ।

पराजित दाहाल तीनपटक सांसद बने भने २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अर्थसमितिको सभापति थिए । त्यस्तै उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेम कुमार महर्जन र भक्त कुमारी लामा विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *