आगामी निर्वाचनमा ५१ प्रतिशत मतका साथ पार्टीलाई विजयी गराउनुपर्छः अध्यक्ष ओली

 

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताएका छन् । एमाले कोशी प्रदेशको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीले लिएको ‘मिशन–८४’ अन्तर्गत प्रत्येक टोल, वडा, जिल्ला, प्रदेश र  सङ्घमा ५१ प्रतिशत मतका साथ पार्टीलाई विजयी गराउन निर्देशन दिए ।

अध्यक्ष ओलीले जनताको समस्या बुझ्ने पार्टी एमाले मात्र भएको दावी गर्दै विगतमा एमाले ल्याएको ज्येष्ठ नागरिक वृद्ध भत्ता, महिलालाई प्रत्येक क्षेत्रमा ३३ प्रतिशत आरक्षण र महिला उद्यमीलाई चार प्रतिशत ब्याजमा दिएको ऋणले जनताले पार्टीलाई माया गरी विजयी गराउने विश्वास व्यक्त गरे ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को जनताको आकङ्क्षा एमालेले मात्र पूरा गर्ने भन्दै पार्टीले लिएको एउटा बाटो, एउटा नीतिका आधारमा मुलुकको विकास हुने बताए ।

अध्यक्ष ओलीले पार्टीभित्र गरेका कामका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै सहमति वा निर्वाचनमा आधारमा जे भए पनि लोकतान्त्रिक विधि पार्टीको मुलमन्त्र रहेको बताए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ, पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फे र प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टीको नेतृत्वमा कुनै विवाद रहेको र लोकतन्त्र संरक्षण गर्न कार्यकर्तालाई आह्वान गरे । दुई दिने अधिवेशनमा प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *