सात दिनभित्र खटाएको ठाउँमा रमाना लिएर जान कर्मचारीहरूलाई मन्त्रालयको निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनभित्र रमाना लिएर सरकारले खटाएको ठाउँमा हाजिर हुन निजामती कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले शुक्रबार सूचना जारी गरी सात दिनभित्र उपस्थित भई त्यसको जानकारी मन्त्रालयमा गराउन समेत आग्रह गरेको छ । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, कामकाज, काज र काज फिर्ताका निर्णय बमोजिम नै रमाना दिन भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *