सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका –५ तिर्थपोलेस्थित भित्रि कच्ची सडकमा जिप दुर्घटनामा परेको हो ।

लेखपोखराबाट शारदा नगरपालिका –१२ कागखोला आउँदैगरेको लु १ ज १८६१ नम्बरको जिप आज दुर्घटना भएको हो ।

स्थानीय र प्रहरीको सहयोगमा अहिले उद्धारको काम भइरहेको र घाइतेहरुलाई उपचारका लागि श्रीनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिप सडकबाट करिब ६० मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *