एमाले कर्णाली अधिवेशन: अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्षमा उम्मेदवारी दर्ता गर्नेमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रकाश रोकायले र प्रेमबहादुर सिंह रहेका छन् ।

नोनयन दर्ताका लागि साँझ ७ बजेसम्म समय रहेको निर्वाचन अधिकृत विसीले जानकारी दिए । उनका अनुसार उमेद्वारको अन्तिम नामावली आजै राति हुनेछ भने मतदान भोलि हुनेछ । पाँच पदाधिकारी र १ सय ३० सदस्यगरी १३५ सदस्कयीय मिटि चयन हुनेछ ।

कर्णाली अधिवेशनमा आएका ६०४ प्रतिनिधिले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *