मोन्टेभिडियोमा चार सय जलचरको बर्डफ्लूबाट मृत्यु

 

बर्ड फ्लू लागेर उरुग्वेको  समुद्री तटमा चार सयभन्दा बढी सिल र सि लायन मरेका अधिकारीहरूले बताएका छन् । मोन्टेभिडियोको समुद्री किनारमा सि लायनलाई बर्ड फ्लू लागेको यकिन भएपछि सम्बन्धित मन्त्रालयहरूले निगरानी गरिरहेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार मरेका समुद्री जनावरहरू आन्ध्र महासागरको किनारमा फेला देखापरेका तथा तिनबाट भाइरसको फैलावट  हुन नदिन तीन सय ५० वटालाई गाडिएको छ ।

वातावरण मन्त्रालयका जीवजन्तु विभागका प्रमुख कार्मेन लीजागोयेनले बर्ड फ्लूका कारण जलचर मरेका बताए । उनले रोग नियन्त्रण गर्न नसकिने बताउँदै जलजीवको प्रतिरोधात्मक क्षमता विकास भएपछि ती नमर्ने बताए । ती जलचरमा प्रतिरोधात्मक क्षमता विकास कहिलेसम्ममा भइसक्छ भन्न नसकिने पनि उनले उल्लेख गरे ।

उरुग्वेमा तीन लाख १५ हजार सिल र सि लाइन रहेका अनुमान गरिएको छ । जनावरहरूबाट मानवमा बर्ड फ्लू नसरे पनि विभाग प्रमुख लीजागोयेनले समुद्र तटमा नजान सर्वसधारणलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *