इन्धन डिपो विष्फोटमा एक सय सत्तरी जना हताहत

येरेभान ।  नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको काराबाख क्षेत्रका अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।

अजरबैजानी सैन्य आक्रमणबाट ज्यान जोगाउन भागेका तथा कैयाँै दिनपछि  खुलेको इन्धन डिपोमा तेल किन्न गएका आर्मेनियालीहरूको विष्फोटमा मृत्यु भएको हो । आफ्नो मोटरमा तेल भरेर गन्तव्यतर्फ हिँडेका उनीहरूको जीवन इन्धन डिपोमा नै समाप्त भयो ।

नागोर्नो–काराबाख क्षेत्रका पृथकतावादी लडाकुहरूलाई  निःशस्त्र गर्ने र अजरबैजानसँग एकीकरण गर्ने घोषणा गरेको भोलिपल्ट भएको विष्फोटमा ६८ जनाले ज्यान गुमाएका तथा अन्य दुई सय जना घाइते भएका सरकारी अधिकारीले बताएका थिए ।

काराबाख अधिकारीहरूका अनुसार कैयाँैको शव पहिचान गर्नसक्ने अवस्थामा नरहेकाले ती अर्मेनियाको फोरेन्सिक मेडिकल जाँच ब्यूरोलाई हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *