अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ‘रावायण’ नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

‘फिल्म खेल्ने भनेर पैसा लिएको तर सम्पर्कमा नआएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुदर्शन थापा निर्देशित ‘रावायण’मा अभिनय गर्न भनेर केसीले १० लाख रुपैयाँ लिएको बताइएको छ । उनी चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीका छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *