मालपोतका नासु र खरिदार एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नासु कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *