दलहरुले यो सरकारको विकल्प खोज्दा हुन्छः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले विकल्प खोज्नुपर्ने बताएका छन् ।

कोसी प्रदेश अधिवेशन उद्घाटनका लागि शुक्रबार विराटनगर पुगेका अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दलहरुले अब यो सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन् । उनले एमाले भने सरकारमा जान नचाहेको बताए । उनले गठबन्धन सरकार भनिए पनि कांग्रेस भएको अनुभूति नभएको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक नभएको बताए । उनले प्रधानमन्त्रीको विदेश भ्रमण एकदमै साधारण र फुर्सदिलो देखिएको बताए ।

१७ दिनसम्म संसद बैठक स्थगित गरेर गरिएको भ्रमण पनि उपलब्धिमूलक नहुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो । त्यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा यो प्रचण्डको अन्तिम विदेश भ्रमण पनि हुन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *