युक्रेनका शरणार्थीले इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने

युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ ।
आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दिइएको हो । यो व्यवस्थाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज भएको छ ।

इयुले युक्रेनी जनतालाई सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताएका छन् । स्पेन इयुको वर्तमान अध्यक्ष हो । इयुको अध्यक्षता चक्रीय प्रणालीअनुसार सञ्चालन हुने गरेको छ ।

मस्कोले युक्रेनभरका भौतिक पूर्वाधारमा आक्रमण गर्न थालेपछि पश्चिमा समर्थक तथा छिमेकी रुसविरुद्ध कठोर भएका छन् भने मस्को पनि यिनीहरुसँग क्रुद्ध भएको छ । गत वर्ष लाखौं युक्रेनी शरण खोज्न युरोप पसेपछि त्यसले दोस्रो विश्वयुद्धपछि फेरि युरोपमा शरणार्थी सङ्कट बढाएको सङ्केत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *