नागोर्नो–काराबाखको अस्तित्व समाप्त भएको घोषणा

नागोर्नो काराबाखको स्तन्त्रताको तीन दशक लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यसँगै अब यसको अस्तित्वसमेत समाप्त हुने घोषणा भएको छ ।

आर्मिनियाली नेता सम्वेल शाहरामन्यानले बिहीबार नयाँ वर्षको पहिलो दिनदेखि सबै राज्य संस्था विघटन गर्ने आदेशमा हस्ताक्षर गर्दै यस्तो घोषणा गर्नुभएको हो । उनले जनताको सुरक्षाका खातिर यस्तो निर्णय भएको स्पष्ट पारेका छन् ।

तीन दशकदेखि आर्मेनियालीहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्र अजरबैजानले गत हप्ता कब्जा गरेको थियो । राजनीतिक विश्लेषकहरूले अजरबैजानको घातक हमलापछि भएको यो कदमलाई नाटकीय घोषणा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *