इन्द्रजात्रा अवलोकनका लागि आएको चिनियाँ टोली स्वदेश फिर्ता

काठमाडौं । यँया (इन्द्रजात्रा) अवलोकनका लागि काठमाडौँ आएको चीनको नान्जिन नगरको टोली कुमारी रथ यात्रा हेरेर बिहीबारै स्वदेश फर्किएको छ । बिहीबार राति अतिथि स्वागत एवम सत्कार समितिका संयोजक महेश काफ्ले, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवलायका प्रमुख यम बसेलले उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाइ गरेका छन् ।

जात्रा अवलोकनका सोमबार बेलुका नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको थियो. । टोलीमा नान्जिन स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तरराष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *