सरकारको शासनशैली जनतालाई मन परेको छैनः पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमान्दार हुनुपर्नेमा बताएकी छन् । हिमालय मातृभूमि फाउन्डेसनद्वारा बिहीबार आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान–२०८०’ कार्यक्रममा उनले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताएकी हुन् ।

‘वर्तमान सरकारको शासनशैली जनतालाई मन परेको छैन, किनभने इमान्दारिता छैन’, उनले भनिन्, ‘सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनैपर्छ ।’

धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उनले भनिन्, ‘यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।’

उनले देशमा भ्रष्टाचारले जरो गाडेको उल्लेख त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताइन् । प्याव्सन कार्यसमिति अध्यक्ष डिके ढुङ्गानाले मुलुकको विकासका लागि राजनीतिक स्थायित्व र सुशासन जरुरी भएको आवश्यकता औँल्याउँदै त्यसका लागि सबैको इमानदारपूर्वक काम गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाज विकासक्रममा मुलुकको विकासका लागि स्थापना भएको प्रजातन्त्रको अभ्यास गर्नुपर्नेमा जोड दिँदै गलत कामलाई सच्याउँदै राम्रो कामको गर्न सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *