गरीब गरिखानेको चाहिँ शहर होइन र ?

डा. युवराज संग्रौला ।
संसारका सबै ठूला शहरमा ‘गरीब वा साना व्यवसायीले गरिखाने मेलो मिलाएको हुन्छ।’ ठूलठूला विश्वविद्यालयका कम्पाउन्डमा साना व्यवसायीहरु आएर सस्तोमा सामान बिक्रि गर्छन् । शहरमा लाखौं विद्यार्थी हुन्छन्, जसलाई सुपथ मूल्यका वस्तुहरु चाहिन्छन् । लाखौं सहयोगी मानिसहरु शहरमा बस्छन् । जस्तै गार्डेनर, कुचिकार, कार्पेन्टर, आदि । उनीहरुको जीवनस्तर थोरै आर्थिक उपार्जनमा टिकेको हुन्छ । अर्थात् शहर धनीका अलिसान महल र ठूला कारको केन्द्र मात्र होइन ।

१. संसारका ठूला शहरमा बिदाका दुईदिन विकइन्ड्मा नाइट बजार लाग्छन् । राज्यले सुरक्षा दिन्छ । साना व्यापारीले व्यापार गर्छन् ।

२. बैंककमा बिहान ८ बजेसम्म र बेलुका ६ बजेपछि सडकपेटीमा खानाको बजार लाग्छ । मानिसले सस्तो खाना पाउँछन् । क्वलालाम्पुर, सिउल, सिङ्गापुर, गुवाङ्ग्जाओ जस्ता मेट्रो सिटीमा रात्री बजार लाग्छन् ।

३. काठमाडौंको न्युरोड, दरवारमार्ग, प्रदर्शनी मार्गमा शुक्रबार अपरान्ह ४ बजेदेखि १० बजेसम्म, र शनिबार दिउँसो १ बजेदेखि १० बजेसम्म रात्री बजार लगाउन सकिन्छ । काठमाडौका जमिन भएका कलेजमा ५ बजेपछि रात्री बजार लगाउन सकिन्छ ।

४. भत्काएर होइन बनाएर दुनियाँ परिवर्तन गर्न सकिन्छ । राजनीति जनताको सेवाका लागि हो, नेताको शक्तिशाली बन्ने महत्वाकांक्षा राजनीति होइन ।

५. काठमाडौं शहरलाई सार्वजनिक बस चाहिएको हो। सबै निजी बस कम्पनीलाई व्यवस्थापन गर्ने काठमाडौं यातायात संस्थान बनाउँ । काठमाडौंका केन्द्र छिर्ने सबै सहरी नाकामा प्रतिकिलोमिटरका दरले टोल–सवारी शुल्क लगाउँ । निजी कार र मोटरसाइकलको संख्या आफैं घट्ने छ । अहिलेको समस्या गरीब गरीखाने दुकान होइन शहर व्यवस्थापन हो । भत्काएर सबै बन्दैन । रचनात्मक कामले खराव कुरा भत्किन्छ । संसारमा राजधानीका मेयर राष्ट्रपति बनेका छन् । तर उनीहरु राष्ट्रपति हुन मेयर भएनन् । मेयर भएर राम्रो काम गरे तब राष्ट्रपति भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *