माओवादी नेता बडुवालको निधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । कैलालीको लम्किचुहा नगरपालिका –२ चौरी निवासी उनको बिहीबार उपचारका क्रममा निधन भएको हो ।

माओवादीको तीन महिने अभियानमा सक्रिय भएका बेला एक्कासी स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैंजादै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । बडुवाल चर्चित सुर्खेत जेल ब्रेकर योद्धा भनेर चिनिन्थे ।

२०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परी बडुवालकी श्रीमती र एक छोराको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *