इन्धनको मूल्य वृद्धि रोक्न रूसी राष्ट्रपति पुटिनको निर्देशन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गरेका छन् ।

रूसी सरकारले गत हप्ता घरेलु बजारलाई ‘स्थिर’ बनाउन पेट्रोल र डिजेल इन्धनको निर्यातमा अस्थायी रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । पुटिनले मूल्य घटाउनका लागि तेल कम्पनीहरूसँग अझ नजिकबाट काम गर्न सरकारलाई आह्वान गरेका छन् ।

गत साता उच्च स्तरमा पुगेकोे रूसी पेट्रोलको बजार मूल्य निर्यात प्रतिबन्धका बावजुद मङ्गलबार फेरि वृद्धि भएको छ । कमजोर रूबल, विश्वव्यापी तेलको मूल्यमा वृद्धि र तेल प्रशोधन कम्पनीहरूमा मर्मत कार्यले आपूर्तिमा आएको न्यूनता मूल्य वृद्धिको कारण भएको विश्लेषकहरूले औंल्याएका छन् ।

केही क्षेत्रका किसानले कृषि यन्त्रका लागि आवश्यक पर्ने इन्धनको अभावका कारण अन्न बाली काट्न नपाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रूसको केन्द्रीय बैंकले सन् २०२३ को उत्तराद्र्धमा आर्थिक वृद्धि दर सुस्त हुने चेतावनी दिएपछि इन्धनको मूल्य वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *