दोलखाको लामाबगर क्षेत्रबाट चार किलो सुनसहित तीनजना पक्राउ

दोलखा । दोलखाको लामाबगर क्षेत्रबाट प्रहरीले चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार राति चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपासबाट प्रहरीले चीनबाट अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिएका छन् ।

उनकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले त्यसक्षेत्रमा निगरानी बढाएको थियो । चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *