झापामा ‘वानर सेना’को विशेष शो

काठमाडौं । असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ’वानर सेना’को विशेष शोको आयोजना गरिएको छ । विभिन्न क्षेत्रका अतिथि र पत्रकारको बाक्लो उपस्थितिका बीच फिल्मको विशेष शोको आयोजना गरिएको हो ।

विशेष शोमा फिल्म हेरेका नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल दशनामी समाजका चन्द्र प्रसाद गिरी र नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्म राम्रो बनेकाले आफुहरुलाई निकै मन परेको प्रतिक्रिया दिएका छन् ।

झापाको पाथिभारा सिने प्लाजामा आयोजित फिल्मको विशेष शोको कार्यक्रम सञ्चालन आगन एफएमका सुरज प्रधानले गरेका थिए । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को कथा पौराणीक रहेकाले पनि दशैंको आसपासमा रिलिज गर्न लागेको जानकारी निर्माण टिमले दिएको छ ।

गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

फिल्ममा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *