ब्रुनोको गोलमा युनाइटेड विजयी

एजेन्सी । मिडफिल्डर ब्रुनो फर्नान्डेजको गोलको मद्दतमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जीत निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले बर्नलीलाई १-० गोलले हराएको हो ।

टर्फ मुरमा भएको खेलमा युनाइटेडको जीतमा ब्रुनोले एकमात्र गोल गरे । खेलको ४५ औं मिनेटमा इभान्सको पासमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड १-० गोलले विजयी भएको हो । पछिल्लो ६ खेलमा युनाइटेडको यो दोस्रो जीत हो ।

जीतसँगै युनाइटेड ६ खेलबाट ९ अंक जोड्दै लिगको आठौँ स्थानमा रहेको छ । एक खेल कम खेल्दै एक अंक जोडेको बर्नली पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *