आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरभित्र आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव भएको उल्लेख गर्दै सो कार्यक्रम सुरु गर्न लागेको बताएका हुन्।

बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको उनले बताएका छन्।

बालेनले उक्त कार्यक्रम अन्तरगत ५० जना नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *