एसियाली खेलकुदको लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा रोहितसँगै करण केसी, प्रतिस जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दिप जोरा, विनोद भन्डारी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादब, अविनाश बोहरा र सन्दीप लामिछाने रहेका छन् ।

नेपालले एसियाली खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा समूह ‘ए’मा रहेको नेपालले सेप्टेम्बर २७ मा मंगोलियासँग पहिलो खेल खेल्नेछ । यस्तै  नेपालले दोस्रो खेल अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा हुनेछ ।

एसियाली खेलकुदमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश भने ट्वान्टी-२० वरीयताका आधारमा पहिले नै क्वार्टफाइनल चरणमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *