भूमिहीनहरुलाई जग्गा प्राप्तिका लागि निवेदन दिन राष्ट्रिय भूमि आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी लगत संकलन थालेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा पाउनका लागि निवेदन आह्वान गरेको हो।

तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन लिइने आयोगले जानकारी दिएको छ। उदयपुरको उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा निवेदन माग गरिएको छ।

त्यस्तै, मधेश प्रदेशअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, सिराहाको नवराजपुर गाउँपालिका, सिराहा नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट निवेदन माग गरिएको छ।   आयोगले ३५ दिनभित्र स्थानीय तहबाट तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न भनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *