खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले खुलारुपमा दूध तथा दूग्धजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिएको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको हो ।

विभागका वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले सूचना जारी गरी खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका हुन् ।

खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन महानगरले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *