दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ २९ गते शुक्रबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० भदौ २९ गते शुक्रबार इश्वी सन् २०२३ सेप्टेम्बर १५ तारीख भाद्र कृष्ण पक्ष औँशी तिथि पश्चात् प्रतिपदा तिथि उत्तर फाल्गुनी नक्षत्र शुभ योग किस्तुघ्न करण चन्द्रमा सिंह राशिमा पश्चात् कन्या राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु स्नान दानका लागि औंशी बाल दिवस – (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक खर्चको सम्भावना रहेको छ । कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निराशापूर्ण व्यतित रहने छ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने छ । हर कोहीको विश्वासमा नपर्नु नै उत्तम रहने छ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । नजिक भनिएका मित्रबाट धोका हुन सक्छ ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक साथ सहयोगमा बृद्धि हुनेछ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने छ । कार्य क्षेत्रमा शारीरिक आलस्यताले सताउँन सक्ने छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउँन सक्छ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बल तथा पराक्रममा बृद्धि हुने योग रहेको छ । नयाँ मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ ।तपाईँद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरूले प्राप्त गर्ने छन् । दाजुभाइ तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहने छ । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्थीर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने छ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आम्दानी मध्यम रहने समय रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउँन सक्छ ।

कन्या राशि- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ । विश्वासिला व्यक्तिहरूबाट सामान्य धोका हुन सक्ने छ । वाणीमा मधुरता छाउनाले प्रतिस्पर्धीहरू शुभ चिन्तक बन्ने छन् । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
गरिरहेको काममा सामान्य ढिलाइ रहेता पनि कार्य सम्पादित भने हुने नै छ । व्यापार व्यवसायमा समय उत्तम रहेको छ । पारिवारिक साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । मनको चन्चलताले कार्य क्षेत्रमा व्यवधान प्राप्त हुनेछ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्ने छन् ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनहरूको साथ सहयोग प्राप्त रहने छ । सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनुपर्ला । नयाँ कामका थालनी गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आइपर्ने छ ।

धनु राशि- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सभा सम्मेलन समाराेहमा सामान्य मान सम्मानको प्राप्ति हुनेछ । मान्यजनहरूको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाइ रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धार्मिक क्षेत्रमा यात्राको सम्भावना रहेको छ । मित्र तथा दाजुभाइहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । अरुद्वारा गरिएको कार्य त्रुटिका कारण तपाईँलाई सामान्य तनाव आइपर्न सक्ने छ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाईदा अरूले उठाउन सक्ने छन् ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
विश्वासिला व्यक्तित्वहरूबाट धोका हुन सक्ने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणीका कारण आफन्तजनहरूसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक व्यक्तित्वहरुको साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ । आम्दानीका विभिन्न स्राेतहरू फेला पर्ने छन् । पारिवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *