चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारवाही गर्न चिकित्सक संघको अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले हेटौँडामा चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी अघि बढाउदा पनि चिकित्सकमाथि आक्रमण भएको भन्दै ७२ घण्टाभित्र आवश्यक कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

चिकित्सकमाथि आक्रमणका साथै पटक पटक धम्की आएको भन्दै राज्य गम्भीर हुनुपर्ने संघको भनाइ छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले चार जनालाई पक्राउ गरेपछि आवश्यक कारबाही नहुने देखिएकाले सरकारलाई अल्टिमेटम दिनुपरेको बताए ।

उनले अन्य अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटना सामान्य नभएको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *