खेलाडीलाई यसअघि घोषणा गरिएको पुरस्कार छिट्टै निकासा हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्समा सहभागिता जनाउन लागेको नेपाली खोलाडी बिदाइ गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले खेलाडी बिदाइ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले खेलाडीलाई जितको शुभकामना दिए ।

कार्यक्रममा प्रधानमन्त्रीले यसअघि खेलाडीका लागि घोषणा गरिएको पुरस्कार आगामी मन्त्रिपरिषद बैठकबाट निकासा गर्ने बताए । एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म चीनको हाङ्झाओमा आयोजना हुँदैछ ।

विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

?

Leave a Reply

Your email address will not be published. Required fields are marked *