ब्रासिलियामा जनवरी ८ मा भएको दङ्गाबारे अदालतमा सुनुवाइ सुरु

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका समर्थकले आफ्ना उत्तराधिकारी लुइज इनासियो लुला डा सिल्भालाई पदच्युत गर्न माग गर्दै गत जनवरी ८ मा ब्रासिलियामा भएको दङ्गाको विषयमा ब्राजिलको उच्च अदालतले बुधबार पहिलो सुनुवाइ सुरु गरेको छ ।

पहिलो चार अभियुक्तविरूद्ध दङ्गा भएका प्रमुख तीन मध्ये एक भवन सर्वोच्च अदालतमा सुनुवाई सुरू भएको छ । निर्वाचनमा पराजयपछि हजारौं बोल्सोनारो समर्थकहरूले राष्ट्रपति भवन र संसद भवनसहितका स्थानमा आक्रमण र तोडफोड गरेका थिए ।

सन् २०२२ को अक्टोबरमा ब्राजिलमा भएको राष्ट्रपतीय निर्वाचनमा बोल्सोनारोमाथि लुलाको साँघुरो विजयले विभाजित राष्ट्रलाई दङ्गाले गहिरो गरी झकझकायो र यसलाई ६ जनवरी २०२१ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी संसद भवनमा गरेको आक्रमणलाई स्मरण गरायो । आक्रमणको शैली र सन्दर्भ मिल्दाजुल्दा रहेका थिए ।

यस मुद्दाका मुख्य न्यायाधीश एलेक्जेन्ड्रे डे मोरेसले सर्वोच्च अदालतले ‘सबैभन्दा गम्भीर कथित अपराधसँग सम्बन्धित कुल २३२ मुद्दाहरूबारे राय सङ्कलन गर्ने’ भन्दै सुनुवाईको सुरुवात गरे । उनले भने, “कुल २३२ मुद्दामध्ये पहिलो चरणमा चार मुद्दामाथि हामी आजबाट सुनुवाई सुरु गर्नेछौं ।”

आरोपित २४ देखि ५२ वर्ष उमेर समूहका चारै जनामाथि सशस्त्र आपराधिक षडयन्त्र, विधिको शासनविरुद्ध हिंसात्मक विद्रोह र ‘कू’ को प्रयासलगायतका अपराधमा मुद्दा चलाइएको छ । मुद्दामा दोषी ठहर भएमा उनीहरू चारै जनालाई ३० वर्षसम्मको जेल सजाय हुन सक्छ ।

सर्वोच्च अदालतमा पहिले नै दायर गरिएका २३२ मुद्दाहरूको अतिरिक्त, शयोजनकर्ताहरूले आक्रमणको बारेमा एक हजारभन्दा बढी अन्य व्यक्तिहरूको अनुसन्धान गरिरहेका छन् । प्रायःजसो कम आरोपहरू ‘प्ली बार्गेनिङ’मा समाधान गर्न सकिन्छ । प्ली बार्गेनिङ आपराधिक कानुनी कारबाहीमा भएको सम्झौता हो । जसमा अभियोजकले दोष वा नोलो दावेदारको निवेदनको बदलामा प्रतिवादीलाई छुट प्रदान गर्दछ ।

ब्राजिलमा अक्टोबर ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा लुलासँग बोल्सोनारोको पराजयपछि आक्रोशित उहाँका हजारौं समर्थकले लुलाको सपथ ग्रहण गरेको जनवरी १ को एक हप्तापछि ब्रासिलियाको प्रमुख प्रशासनिक स्थलहरूमा आक्रमण गरेका थिए ।

उनीहरूले तीनवटा भवनभित्र दङ्गा मच्चाए, कार्यालयहरू भत्काइदिए, झ्यालहरू फुटाए र भत्काए, फर्निचरहरू तोडफोड गरे, कलाकृतिहरू तोडफोड गरे र सभामुखको मञ्चलाई एउटा ‘स्लाइड’का रूपमा परिणत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *