नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज अन्त्येष्टि गरिँदैछ । सोमवार राति निधन भएको नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको अन्त्येष्टि अघि शवयात्रा पनि निकालिने छ । बालुवाटारस्थित नेम्वाङको निवासबाट निकालिने शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बुधवार बालुवाटारस्थित उनकै निजी निवासमा लगिएको हो ।

सरकारले नेम्वाङको अन्त्येष्टिका दिन आज सार्वजनिक विदा समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *