सिद्धबाबाविरुद्धको करणी मुद्दामा दाबी नपुग्ने अदालतको ठहर

सुनसरी । जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको करणी मुद्दामा दाबी नपुग्ने ठहर गरेको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनीविरुद्धको बलात्कार मुद्दाको बुधबार सुनुवाइ गर्दै दाबी नपुग्ने ठहर गरेको हो । उनीविरुद्ध १४ असार २०७९ मा जिल्ला अदालतमा मुद्दा परेको थियो ।

अनुयायी बलात्कार अभियोगमा पीडित स्वयम्ले ‘शरीर समर्पण’को व्याख्या गरेको सुनसरी जिल्ला अदालतले दोस्रोपटक सिद्धबाबालाई सफाइ दिएको छ । सिद्धबाबालाई सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले २०७७ २२ मंसिर २२ मंसिरमा सफाइ दिएका थिए ।

सिद्धबाबालाई उन्मुक्ति दिने सुनसरी जिल्ला अदालतको यो फैसला त्रुटिपूर्ण रहेको ठहर गर्दै उच्च अदालत विराटनगरले जिल्लाको फैसला उल्ट्याएको थियो । जिल्ला अदालतले गैरन्यायिक शैलीमा फैसला गरेको भन्दै उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै मुद्दा सुरुदेखि हेर्न पनि सुनसरी जिल्ला अदालतलाई आदेश दिएको थियो ।

उच्चले पुनः जिल्ला फर्काउने आदेश दिएपछि १४ असार २०७९ मा सुनसरी जिल्ला अदालतमा पुनः मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै बुधबार अदालतले निवेदकको दाबी नपुग्ने ठहर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *