दुई करोड प्रकरणः राष्ट्रिय स्वतन्त्र पार्टीले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आरोप लगाएका केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

बुधबार पार्टी प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरी मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान सुरु गरिएको जानकारी दिएका हुन् । गत चैतमा रास्वापाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।

उक्त अडियोमा उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै रकम मागेको संवाद थियो र त्यसपछि श्रेष्ठले संवाद आफूसँग नभएको दाबी गरेका थिए । उनले त्यस्तो दाबी गरेपनि रास्वपाले उनलाई पार्टीबाट निस्कासन गरेको थियो । तर केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले थापा कोर टिमको सदस्य रहेको र मन्त्री बनाइदिन्छु भनी आफूसँग तीन करोड रुपैयाँ मागेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *