शेयर बजार ३९ अंकले बढ्यो, एक अर्ब ४९ करोडको कारोबार

काठमाडौं । बुधबार शेयर बजार नेप्से बढेको छ । मङ्गलवार १९ अङ्कले घटेको शेयर बजार नेप्से बुधबार भने ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव शून्य छ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।

५१ लाख ४४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *