हङकङमा हुने ‘बेल्ट एण्ड रोड समिट’मा एकसय भन्दाबढी प्रतिनिधिमण्डल सहभागी हुने

हङकङमा आज हुने ‘बेल्ट एण्ड रोड’ शिखर सम्मेलनमा सहभागी र प्रतिनिधिमण्डलको अन्तर्राष्ट्रिय समुदायको अत्यधिक सहभागिता रहने चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बताएका छन् ।

लीले भने, “दुई दिने शिखर सम्मेलनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को १० औँ वार्षिकोत्सव मनाउँदै छ । महामारीपछि पहिलो पटक पूर्ण भौतिक रूपमा आयोजना हुने सम्मेलन निकै महत्वपूर्ण मानिएको छ ।”

आगामी शिखर सम्मेलनमा विभिन्न देश र क्षेत्रका छ हजारभन्दा बढी सहभागी र १०० भन्दा बढी प्रतिनिधिमण्डलको सहभागिता रहने र २० वटा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने उनले बताए  ।

सम्मेलनमा कम्तीमा १० देशका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनमा बीआरआईअन्तर्गत सहकार्यका अवसरहरूको खोजी गर्न पहिलो पटक मध्यपूर्व मञ्च हुनेछ । यसमा बीआरआई वित्तीय सेवामा सुधार ल्याउन र युवाहरूबीच आदानप्रदानलाई सहज बनाउन नयाँ वित्त शाखा र युवा शाखा पनि हुनेछन् ।

सिल्क रोड इकोनोमिक बेल्ट र एक्काइसौं शताब्दीको सामुद्रिक सिल्क रोडको सन्दर्भका रूपमा रहेको बीआरआई चीनले सन् २०१३ मा एसियालाई युरोप र अफ्रिकासँग जोड्ने व्यापारिक तथा पूर्वाधार सञ्जाल निर्माण गर्न सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *