श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

एजेन्सी । भारत एसीसी एसिया कपको फाइनलमा पुगेको छ । मंगलबार बेलकी सम्पन्न सुपर ४ को खेलमा श्रीलंकालाई ४१ रनले हराउँदै भारतले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

जीतको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा अलआउट हुन्दै १ सय ७२ रनमा समेटिएको हो । श्रीकंकाको लागि डुनिथ वाल्लालागेले ४२, धनन्जय डी सिल्भाले ४१, सादेरा सामाराविक्रामाले १७ र कुशल मेन्डिसले १५ रन बनाएपनि टोलीलाई जीत दिलाउन पर्याप्त रहेन ।

भारतको लागि कुलदिप यादवले चार विकेट लिंदा जस्प्रित बुम्रा र रविन्द्र जडेजाले समान दुई-दुई विकेट लिए । मोहम्मद सिराज र हार्दिक पान्ड्यको नाममा एक-एक विकेट रह्यो ।

यसअघि कोलम्बोमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारत ४९.१ ओभरमा अलआउट हुँदै २ सय १३ रनमा समेटिएको थियो । भारतको लागि कप्तान रोहित शर्माले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् । रोहितले ४८ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाउँदा केएल राहुलले ३९, इशान किसानले ३३, अक्सर पटेलले २६ र शुभ्मन गिलले १९ रन बनाए ।

श्रीलंकाको लागि डुनिथ वाल्लालागेले १० ओबह्रमा एक मेडन राख्दै ४० रन खर्चेर ५ विकट लिए । चारिथ असालांकाले ९ ओभरमा एक मेडन राख्दै १८ रन दिएर ४ विकेट लिंदा महेश थेकक्शानाले एक विकेट लिए ।

जीतसँगै भारत दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट दुई अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *