मानसरोवर कैलाश दर्शनका लागि भारतीय सद्गुरु हुम्लाको सिमकोटमा

सिमकोट । कैलाश मानसरोवरको दर्शनका लागि भारतीय सद्गुरु हुम्ला सदरमुकाम सिमकोट आइपुगेका छन् । हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रुपमा रहेको कैलाश मानसरोवरको दर्शन गर्ने समय भएकोले नाम्खा गाउँपालिका–६ लिमीको लाप्चाबाट दूरदर्शन गर्नका लागि सद्गुरु ७० जनाको टिमसहित तेस्रो पटक मंगलबार हुम्ला आइपुगेका हुन् ।

मानसरोवर कैलाश दर्शन गर्न हुम्ला आइपुगेका सदगुरुलाई मंगलबार सदरमुकाम सिमकोटमा स्थानीयले स्वागत गरेका थिए । हुम्लाका स्थानीय उनले सन् २०२१ देखि लगातार हुम्लाको बाटो भएर लिमि लाप्चाबाटै कैलाश मानसरोवरको दूरदर्शन गर्दै आएका छन् ।

तस्बिर : दाने बोहरा/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *