१६ दिनपछि बेपत्ता मेजर पण्डितको शव फेला

कर्णाली । १६ दिनदेखि बेपत्ता नेपाली सेनाका मेजर विमल पण्डितको शव फेला परेको छ । डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ चिन्डेबगरस्थित भेरी नदीमा मंगलबार फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भएका मेजर १६ दिनदेखि पण्डित सम्पर्कविहीन भएका थिए । मंगलबार बिहान भेरीमा माछा मार्न गएका त्रिपुरासुन्दरी–५ का शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।

दुईवटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी देखेपछि मेजरको शव हुन सक्ने भनेर चौकीमा उनले खबर गरेका थिए ।

उनको शव १६ दिनपछि भेटिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले जानकारी दिए । मेजरको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *