एक किलो सुनसहित विमानस्थलबाट एकजना पक्राउ

 

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट  सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *