प्रधानमन्त्रीसहित शीर्ष नेताले च्यासल पुगेर दिए नेम्वाङलाई श्रद्धाञ्जलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्रीले नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धासुमन व्यक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायतका नेता कार्यकर्ता पनि एमाले मुख्यालय पुगेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे पनि श्रद्धाञ्जलि दिन एमाले मुख्यालय पुगेका थिए । नेम्वाङको हृदयघातबाट आज बिहान निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *