दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ २४ गते आइतबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० भदौ २४ गते आइतबार इश्वी सन् २०२३ सेप्टेम्बर १० तारीख भाद्रकृष्ण पक्ष एकादशी तिथि पुनर्वशु नक्षत्र वरियान योग वव करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा ध्वज योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु अजा एकादशी व्रत – (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहने छ । सामाजिक कार्यमा आफुअग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्ने छ । तपाईँको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दवाबका कारण मानसिक समस्या आइपर्ने छ । पठनपाठनमा भने समय राम्रो रहेको छ । व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथ सहयोगमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ । कार्य सम्पादनमा अरुको दवाबको अनुभव हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँट र शाहसमा बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य सुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थ्यमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनी गर्नका निम्ति उत्तम समय रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नेत्र सम्बन्धि समस्याले सताउँन सक्छ । सौदर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । सामाय आर्थिक अभावको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । विश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
गरिरहेको कार्य क्षेत्रबाट आक्समिक धनलाभ हुने योग रहेको छ । यात्रा आम्दानीमुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनी हुन सक्ने सम्भावना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । विद्यार्थी वर्गका निम्ति समय उत्तम रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईँको कमजोरीको फाइदा अरुले लिन सक्छन् । पारिवारीक झोरझमेलाले सताउन सक्नेछ । सभा सम्मेलन जस्ता समाराेहमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफू अग्रसर भएको खण्डमा भने अरुको विश्वास जितिने छ । गरिरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्रा झन्झटपूर्ण रहन सक्छ । काम गर्दा विशेष साबधानी अपनाउनु होला सामान्य अप्जस आइपर्न सक्नेछ । अरुले गरेको गलत कामको आरोप तपाईँले भोग्नुपर्ला । मित्रजनहरुको प्रशन्नताका निम्ति सामान्य खर्च हुने योग रहेको छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तजनहरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ । खानपानमा विशेष ध्यान दिनु होला । तपाईँको बोलीको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्तिबाट धोका हुन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निराशापूर्ण ब्यतित हुने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रेम सम्बन्धमा सुधार आउने छ । व्यापार व्यवसायमा आफ्नो प्रभुत्व रहने छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्नेछ । सफल कार्य सम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगी मित्रहरूकाे साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाईँसँग प्रतिस्पर्धा गर्ने ब्यक्तिहरुको संख्यामा बृद्धि हुनेछ । विश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रु सबल रहने छन् । नयाँ लगानीको क्षेत्रमा विशेष होस पुर्याउनु होला । निर्णय लिने क्षमतामा ह्राँस आउने छ । साजेदारी कार्यमा हात नहाले कै बेश हुनेछ ।

मीन राशि –  दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक ब्यक्तिहरुका बीचमा आफू कमजोर भएको महसुस हुनेछ । आफूले निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानीले सामान्य झन्भट आइपर्ला । स्वास्थ्यमा गडबढी रहन सक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *