विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो ।

आयोगको टोलीले यादवसँग थप तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो । घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ ।

तीनै जनालाई पाँच लाख बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *