बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेकाबारेमा भविष्यवाणी गर्ने अधिकार बाहिरका व्यक्तिहरूलाई नभएको बताएका छन् ।
शनिबार पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उपाध्यक्ष पौडेलले यसको भविष्यवाणी गर्ने अधिकार यो पार्टीका सदस्य, नेता–कार्यकर्तालाई मात्र भएको बताएका हुन् ।
उनले भने, ‘यो पार्टीको भविष्यवाणी गर्ने अधिकार अरू कसैलाई छैन । यसको भविष्यवाणी गर्ने अधिकार यो पार्टीका सदस्य, नेता–कार्यकर्तालाई छ । बाहिर बसेर यो पार्टीमा विग्रहको अपेक्षा गर्ने, संकटमा धकेल्न सकिन्छ कि भनेर अपेक्षा गरेर यो पार्टीको अवन्नतिमा आफ्नो उन्नति देख्ने प्रतिक्रियावादीहरू, अवसरवादी स्वार्थी तत्वलाई हामीले जवाफ दिनुपर्छ । एमाले सबै दृष्टिकोणले एकताबद्ध छ ।’
उनले आफू सधैँ गुटको विरुद्धमा रहेको ताए । गुट र पार्टी कहिल्यै सँगै जान नसक्ने उनलेब ता पार्टीमा गुट जन्मन नदिने प्रतिबद्धता पनि उनले जनाए । उनले भने,’पार्टी र गुट सँगै अघि बढ्न सक्दैन । गुट हुर्कन, जन्मन नदिने बाटो हिँड्नुपर्छ । हाम्रो पार्टीमा गुट जन्मिन्न, हाम्रो पार्टीमा गुट हुर्किन्न ।’